Thu. May 16th, 2024

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकीको उपलक्ष्यमा राजधानी पैचिंगमा आयोजित भव्य समारोह (फोटो फिचर)

काठमाडौं, २०७८ असार १७ गते बिहीबार । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) स्थापना भएको एक सय वर्ष पुगेको ऐतिहासिक अवसरमा आज विहान चीनको राजधानी पैचिंगस्थित थिआन आनमन चोकमा भव्य, सभ्य तथा विशाल समारोहको आयोजना गरिएको छ ।

सो समारोहमा परेड, झाँकी तथा प्रदर्शनीहरूका अतिरिक्त सत्तारूढ पार्टीले एक सय वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरू झल्कने विभिन्न प्रदर्शनी पनि समावेश गरिएका थिए । उक्त समारोहमा सहभागी हुन चिनियाँ कम्युनिष्ट पार्टीका झण्डै ७० हजारभन्दा धेरै सदस्यहरु भेला भएका थिए ।

समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्राध्यक्ष सी चिनफिङले चीनले समृद्ध समाज निर्माणको चरण पार गरेको बताउनु भएको छ। उहाँले चीन अब समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अघि बढिरहेको बताउनु भयो ।

आफ्नो भाषणमा उहाँले चिनियाँ क्रान्ति, निर्माण र सुधार, र चीनको कम्युनिष्ट पार्टीको स्थापना, एकिकरण र विकासमा ठूलो योगदान पुर्‍याउने क्रान्तिकारी तथा शहीदहरूको पुरानो पुस्तालाई पनि गम्भीरतापूर्वक सम्झना गर्नुपर्ने बताउनु भयो ।

सी चिनफिङले चिनियाँ विशेषतायुक्त सेना बलियो विकासको बाटोमा अडिग रहेर जन सेनालाई विश्वको अग्रणी सेनाको रूपमा निर्माण गरी अझ बलियो तथा क्षमतापूर्ण र भरपर्दो उपायमार्फत राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, विकास हितको संरक्षण गर्नुपर्ने दोहोर्याउनुभयो। सीआरआई

Facebook Comments