Wed. Apr 24th, 2024

असारे बेला

- -मिना श्रेष्ठ सबी, खोटांग

 

काठमाडौं, २०७८ असार १७ गते बिहीबार ।

असारे बेला
========
बेसि टार मेलैमा
असारको बेलैमा
धान रोप्न झरेको
केके देख्नु परेको
========
ह ह भन्नै पर्दैन
गोरु बैमान गर्दैन
========
खेत साइदेउ हलिदाई
माला नलाइदेउ गलैमा
बीउ पाँजा फिजाई
पानीले खेत भिजाई
===========
ह ह भन्नै पर्दैन
खोला पनि तर्दैन
==========
गमलामा रोप्छन धान
आफ्नै देशको छहै मान
तिमी र म हाँसौंला
बिउको माला गासौँला
============
ह ह भन्नै पर्दैन
किसान मर्दै मर्दैन
===========
असारे गित गाउँदै
माया पृती लाउँदै
बीउ को माला लगाई
बिक्रीतिनै जनाई
=========
ह ह भन्नै पर्दैन
धाना पाकी झर्दैन
=========
एति राम्रो गमला
धान रोपन कमला
कृषि भनी मानिने
एस्तै ठुला छानिने
========
कत्रो कत्रो ठुला सान
देखाएका पहिचान।।
==========
सच्चा किसान लाई
धान दिबस र असार १५को सुभकामना

-मिना श्रेष्ठ सबी, खोटांग

Facebook Comments