Thu. May 16th, 2024

सैन्य कु बिरुद्ध प्रर्दशन गर्ने दुई हजार ३ सय म्यानमारद्वारा थुनामुक्त

काठमाडौं, २०७८ असार १७ गते बिहीबार । म्यानमारले सैन्य कु बिरुद्ध प्रदर्शनको क्रममा पक्राउ परेको दुई हजार ३ सय कैदीलाई मुक्त गरेको छ । सेनाले पक्राउ गरेकोमा थुप्रै सञ्चारकर्मी समेत रहेको समाचार संस्था एएनआईले जनाएको छ ।

अधिकारवादी सङ्घ सङ्रगठनले मूल मुद्दाबाट ध्यान हटाउन प्रदर्शनको क्रममा पक्राउ परेकालाई मुक्त गरिएको दाबी गरेका छन् । क्योडो समाचारका अनुसार मुक्त गरिएकामा २४ जना चर्चित अनुहार छन् । नागरिक अवज्ञा आन्दोलनमा सहभागी २४ जना चर्चित ब्यक्तिमाथि मुद्दा नलगाउने निर्णय गरिएको छ ।

गत् फेब्रुअरी १ मा म्यानमारको आङ सान सु ची नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले शासन सत्ता हातमा लिएको थियो । बुधबारको प्रदर्शनको क्रममा पाँच हजार २ सय १० जनालाई नियन्त्रणमा लिइएको छ । एजेन्सी

Facebook Comments