Fri. May 17th, 2024

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा पहिलो पटक “जुलाई १ पदक” वितरण

- बहादुरको कथाबाट चिनियाँ कम्युनिष्ट्र पार्टीले निरन्तर बिजय प्राप्त गर्दै

काठमाडौं, २०७८ असार १५ गते मंगलबार । जुलाई १ पदक”को वितरण समारोह आज जुन २९ तारिख पैचिङस्थित जन बृहत सभा भवनमा भव्यताका साथ आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले त्यसको केन्द्रीय समितिको नाउँमा पार्टीका लागि वरिष्ठ योगदान पुर्‍याएका र मूल्यवान आध्यात्मिक सम्पति कमाएका पार्टीका सदस्यहरुलाई “जुलाई १ पदक” पार्टीभित्रको सर्वोच्च इज्जतको वितरण गरेको यो पहिलो पटक हो।

चिनियाँ कम्युनिष्ट पार्टीका २९ सदस्यले यो इज्जत प्राप्त गर्नुभएको छ। उहाँहरु विभिन्न कार्यमा चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ प्रतिनिधि हुनुहुन्छ। चिनियाँ कम्युनिष्ट पार्टी र चीनका सर्वोच्च नेता सी चिन फिङले सो समारोहलाई सम्बोधन गर्दै “जुलाई १ पदक”का सम्पूर्ण विजेताहरु चीनका सर्वसाधारण बहादुर भएको बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीले सधैँ युगको अगुवा र राष्ट्रिय मेरुदण्ड हुनुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो।

बहादुरको कथाबाट चिनियाँ कम्युनिष्ट्र पार्टीले निरन्तर बिजय प्राप्त गर्दै

“जुलाई १ पदक” विजेताहरू जनताबाट आएका र जनतामै भर परेका छन। उनीहरू आआफ्नो कार्यमा मेहनतसँग समर्पण गरिरहेका सामान्य बहादुर हुन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले जुन २९ तारिख “जुलाई १ पदक” वितरण समारोहलाई महत्वपूर्ण सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको छ।

“जुलाई १ पदक” चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च सम्मान रहेको छ। यस वर्ष यो पदक पहिलो पटक वितरण गरिएको हो र जम्मा २९ जनालाई पदक वितरण गरिएको छ। ती विजेताहरूमध्ये पुराना सिपाही, नमुना कामदार, सुधारमा अग्रसर हुनुका साथै वैज्ञानिक अनुसन्धानकर्ता, वातावरणीय संरक्षक र कूटनीतिज्ञ पनि छन्। उनीहरू विभिन्न पेशा र व्यवसायमा कार्यरत् छन्। उनीहरूको उमेर चीनको क्रान्ति, निर्माण र सुधार तथा खुलापनका विभिन्न अवधिमा रहिरहेका छन्। तैपनि उनीहरूबाट देखिएको चिनियाँ कम्युनिष्ट पार्टीको साझा भावना अर्थात् दृढ विचारधारा, सिद्धान्तको अक्षरश: पालना, अथक प्रयास र निस्वार्थ समर्पण र सदाचारमा रहेर भ्रष्टाचार विरूद्ध कार्य रहेका छन्।

सामान्यबाट महान बनिन्छ। बहादुर पनि जनताबाटै आएका हुन्। “जुलाई १ पदक” का ती २९ जना विजेताको कथाबाट चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यले जनताका लागि अथक प्रयास गरेको सतवार्षिकी इतिहासबारे बुझ्न सकिनेछ। साथै उनीहरूको कथा बाह्य जगतले चिनियाँ कम्युनिष्ट पार्टीबारे अझ स्पष्ट रूपमा जानकारी लिने एउटा झ्याल पनि बनेको छ। सीआरआई

Facebook Comments