Thu. May 16th, 2024

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुद्वारा जनतालाई प्रथम स्थानमा राख्नुपर्ने

- चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य सधैँ कर्तव्यनिष्ठ हुनुपर्छ :सी चिन फिङ

काठमाडौं, २०७८ असार १५ गते मंगलबार । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले आज २९ तारिख पार्टीको सर्वोच्च सम्मान “जुलाई १ पदक” प्रदान समारोहमा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुले सधैँ नै जनतालाई प्रथम स्थानमा राख्नुपर्ने तथा सर्वसाधारणका लागि वास्तविक तथा सकारात्मक गतिविधि गर्दै सधैँ जनतासँग घनिष्ट सम्पर्क राख्न जोड दिनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीका सबै सदस्यहरुले द्दढ प्रयास गर्दै पार्टी र जनताका लागि महान योगदान सिर्जना गर्नुपर्ने पनि उहाँले औँल्याउनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य सधैँ कर्तव्यनिष्ठ हुनुपर्छ

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिद्वारा आयोजित ‘जुलाई १ पदक’ वितरण समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यले शक्तिशाली भावना बोकेर जनताको मन जित्न सक्ने भन्दै सारा सदस्यले सदिच्छापूर्ण काम गरेर कर्तव्यनिष्ठ सारतत्व कायम राख्नुपर्ने बताउनुभएको छ।

 चिनियाँ कम्युनिष्टहरूमा दृढ विश्वास छ : सी चिन फिङ

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले २९ तारिख “जुलाई १ पदक” वितरण समारोहमा “जुलाई १ पदक” विजेताले चिनियाँ कम्युनिष्टको दृढ विश्वास, उद्देश्यको अभ्यास, कडा परिश्रम, ईमानदार तथा स्पष्टवादीलगायतका उत्कृष्ट गुणहरु समेटेको बताउनुभयो। मार्क्सवादमाथिको विश्वास र चिनियाँ विशेषतासहितको समाजवादमाथिको विश्वासलाई सम्पूर्ण पार्टीले आजीवन पछ्याउनु पर्ने पनि महासचिव सीले भन्नुभयो।

सी चिन फिङले “जुलाई १ पदक” का विजेताहरुलाई पदक प्रदान गर्नुका साथै सम्बोधन पनि गर्नुभएको थियो। एक सय वर्षदेखि चिनियाँ कम्युनिष्टहरूका पुस्ता देश र जनताको स्वतन्त्रता हासिल गर्न सफल भएको र देशको समृद्धि र जनताको खुशीलाई महसुस गर्दैआएको पनि महासचिव सीले औंल्याउनुभयो। सबै पार्टी सदस्यहरूले आफ्नो मूल बिर्सन नहुने कुरामा पनि उहाँले जोड दिनुभयो।

 

Facebook Comments