Thu. May 16th, 2024

चीन-रुस रणनीतिक सहयोग अझ घनिष्ठ हुँदा विश्वका सुरक्षा र स्थिरता अझ सुनिश्चित हुने

काठमाडौं, २०७८ असार १५ गते मंगलबार । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले जुन २८ तारिख रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियोमार्फत वार्ता गर्नुभएको छ। सो अवसरमा दुई मुलुकका राष्ट्रनायकले संयुक्त वक्तव्य जारी गर्दै “चीन-रुस असल छिमेकी मैत्रीपूर्ण सहयोग सन्धि” को निरन्तरता हुने औपचारिक रुपमा घोषणा गर्नुभएको छ। कोरोना महामारी विश्वमा फैलिइरहेको परिस्थितिमा यस सन्धिको निरन्तरताले नयाँ युगमा चीन-रुस सर्वतोमुखी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको दरिलो जीवित शक्तिको साक्षी हुनुका साथै विश्व सुरक्षा र स्थिरताको संरक्षणका लागि प्रेरक शक्ति पुर्‍याएको छ।

२० वर्षअघि “चीन-रुस असल छिमेकी मैत्रीपूर्ण सहयोग सन्धि”को हस्ताक्षर चीन-रुस सम्बन्धको इतिहासमा एउटा ठूलो कुरा भएको हो। त्यसले एक-अर्काका लागि सबैभन्दा ठूलो छिमेकी मुलुक बीचको सहयोगको जग बसालेको थियो। त्यस बेलामा पश्चिमी मुलुकहरुले चीन र रुसले यस अवसर छोपेर नयाँ गठबन्धन सम्बन्धको स्थापना गर्ने धुमधामसँग प्रचार-प्रसार गरेको थियो। तथापि २० वर्षयता चीन-रुस सहयोगमा गठबन्धनको स्थापना नगर्ने, एक-अर्कालाई प्रतिरोध नगर्ने र तेस्रो पक्षलाई लक्षित नगर्ने सिद्धान्त अपनाएर आपसी केन्द्रीय हितको सम्मान गरी विश्वमा ठूलो मुलुक बीच कसरी व्यवहारको बाटो हिँडेको छ। जसले दुई मुलुकका साझा हितको सशक्त रुपमा संरक्षण गर्नुका साथै विश्व शान्ति र सुरक्षाको संरक्षणका लागि पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ।

हिजोआज अन्तर्राष्ट्रिय राजनीतिक र आर्थिक परिस्थिति अझ जटिल र गम्भिर हुँदैछ। सो सन्धिमा पनि नयाँ विषय थपिएको छ। त्यसको निरन्तरताबारे चीन र रुसको निर्णयले रणनीतिक उचाइबाट सर्वतोमुखी सहयोगका लागि राजनीतिक सहमति र आपसी राजनीतिक विश्वास पूर्ण रुपमा अभिव्यक्त गर्दै द्वीपक्षीय सम्बन्धको दीर्घकालीन अवधिसम्मको विकास र दुई मुलुकका जनता बीच युगौं युगसम्मको मित्रताका लागि अरु बलियो जन बसाल्ने छ। सीआरआई

Facebook Comments