Sun. Nov 24th, 2024

पहिलो पटक “जुलाई १ पदक”

- चिनियाँ कम्युनिष्ट पार्टीद्वारा प्रद्धत सर्वोच्च पदक

काठमाडौं, २०७८ असार १५ गते मंगलबार । यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको १००औं वार्षिकोत्सव मनाउँदै छ। साथै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले पहिलो पटक “जुलाई १ पदक” चयन गर्ने र जनतामा उल्लेखनीय योगदान गरेका चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूको प्रशंसा गर्ने निर्णय गरेको छ। “जुलाई १ पदक” कस्तो देखिन्छ? अब हामी हेरौं।

“जुलाई १ पदक” चिनियाँ कम्युनिष्ट पार्टीको उच्च सम्मान हो। यसको मुख्य डिजाइनमा सरल र गम्भीर भाव दुवै देखिन्छ। यस पदकको व्यास ६५ सेन्टिमिटर छ। पदकको मुख्य भागमा पार्टीको प्रतीक, यसै गरी पाँच-तारा, झण्डा, उज्यालो स्मारक, सूर्यमुखी, हिमाल, नदी र शुभ बादल इत्यादि छन्। यसमा कम्युनिष्ट आदर्श र विश्वासहरू मात्र छैन चिनियाँ परम्परागत सांस्कृतिक तत्वहरू पनि समावेश गरिएको छ। सीआरआई

Facebook Comments