Tue. Apr 30th, 2024

अमेरिकामा फ्लोयडका हत्यारालाई २२ वर्षको कैद सजाय

अदालतमा शोभिनले फ्लोइड परिवारप्रति समवेदना प्रकट गरे तर माफी मागेनन्

काठमाडौं, २०७८ असार १२ गते शनिबार । अफ्रिकी-अमेरिकी मूलका जोर्ज फ्लोइडलाई सन् २०२० को मेमा मिनिआपुलिस सहरमा हत्या गरेको आरोप लागेका अमेरिकी पूर्व प्रहरीलाई २२ वर्ष छ महिनाको जेल सजाय सुनाइएको छ।

REUTERS

न्यायाधीशका अनुसार डेरेक शोभिनले त्यस्तो सजाय पाउनुको कारण फ्लोइडमाथि ‘उनले पदमाथिको विश्वास र अख्तियारीको दुरुपयोग गरेको र खासगरी क्रूरता देखाउनु’ रहेको छ।

४८ वर्षीय फ्लोइडको मृत्यु शोभिनले नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेपछि भएको थियो। उहाँको हत्याले रङ्गभेद र प्रहरी बर्बरताविरुद्ध विश्वव्यापी प्रदर्शनहरू सिर्जना गरेको थियो।

४५ वर्षीय शोभिन गत महिना सेकेन्ड डिग्री हत्या र अन्य अभियोगमा दोषी ठहरिएका हुन्। सुनुवाइका बेला उनका वकिलले उक्त हत्यालाई ‘राम्रो मनसाय राख्दा भएको गल्ती’ बताएका थिए।

उनले अब आजीवन हतियार राख्न समेत पाउने छैनन्। उनी र तीन अन्य पूर्व प्रहरीहरूमाथि भिन्दाभिन्दै रूपमा फ्लोइडको नागरिक अधिकारहरूको हनन गरेको अभियोग लगाइएका थिए।

फ्लोइडको परिवार र समर्थकहरूले यस फैसलाको स्वागत गरेका छन्। फ्लोइडकी बहिनी ब्रिडगेट फ्लोइडले उक्त सजायले “अन्ततः प्रहरी बर्बरताका विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको देखाएकोु बताउँदै अझै “अगाडिको बाटो लामो रहेकोु बताउनु भएको छ । बिबिसी

Facebook Comments