Wed. Apr 17th, 2024

भुल्ने छैन कदापि (शार्दूलबिक्रीडित)

- शारदा कार्की, बिराटनगर।

                                                        काठमाडौं, २०७८ असार १२ गते शनिबार । 
-शारदा कार्की
उन्कै साथ बसी कुरा अरु गरौं, गाह्रो नमानि रति।
बोलौं हुन्छ सरक्क बात निजमा , आफ्ना भएका जति
गाँठो पर्छ बिचार यो मन भरी , सम्झन्छु जैले पनि।
उन्को धैर्य समाति धारण गरौं , भन्दैन्छु अ‍ैले पनि।

सम्झन्छू मनमा अनेक पलमा ,जो बात हुन्थे अघी।
आआफ्ना मनका कुरा हरु सबै, आजै सुनाऊँ बसी ।
गोडौं हुन्छ म भित्र भित्र कतिहो १ उम्री रहेका कुरा ।
आजै भेट भए र मात्र उनमा , पोखौ परे का कुरा।

सुन्दै खूस रहन्छु आउँछु भने, बाटो कुरेरै बसेँ।
झट्टै फर्कि गए क्षणिक पलमै, आफैं अचम्मित् भएँ ।
पोल्ने कुट्कुट यो दिनानु दिनमा, हल्का जलेको मुटु।
कस्तो कर्म रहेछ साथ नहुँने , आजै कसोरी छुटूँ।

नाता हो मन भावको समिपको, मीठोछ सत्भावयो।
देलासाथ अनन्त सम्म नभुली, सामिप्य आभाष भो।
हाम्रा यी मनभित्र बाँधिन पुग्यौं, छुट्नै नसक्ने गरी।
भुल्ने छैन कदापि यो मिलनहो, सम्झन्छु यस्तै गरी।

मीठा बात भए रह्यो अरु कुरा ,भुल्नू कसोरी भयो।
मिल्दाथे समभाव नित्य तरता , आवास अर्कै छयो।
उन्कै साहसमा र स्वच्छ दिलमा, सत्भाव आई रहोस्।
हाम्रा दैनिकि मा अनन्त रहने, यो मेल दीर्घायुहोस् ।

Facebook Comments