Fri. May 17th, 2024

थापाथलीमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं, २०७८ असार १२ गते शनिबार । काठमाडौँको थापाथलीमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखा स्थायी घर भई काँडाघारी बस्ने २९ वर्षीय अर्बत खड्का रहनु भएको छ भने मोटरसाइकलमा सवार अर्का रामेछाप स्थायी घर भएका २३ वर्षीय कृष्ण खड्का घाइते हुनुभएको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको समाचार रातोपाटी अनलाईनले लेखेको छ ।

शुक्रबार राति ११ : २० बजे माइतीघरबाट थापाथली जाँदै गरेको बागमती प्रदेश-०२-०२६ प ११८१ नम्बरको मोटरसाइकल र थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ ट्रक ठोक्किँदा दुर्घटना भएको महानगरीय ट्राफिक महाशाखाका डिएसपी सुनील साहले बताउनु भयो ।

प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Facebook Comments