Sat. May 18th, 2024

राष्ट्रपतिबाट लोकसेवा, अख्तियारलगायतका संवैधानिक निकायमा २० जना नियुक्त, न्याय परिषद् सदस्यमा भण्डारी

काठमाडौं, २०७८ असार १० गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा २० जनालाई नियुक्त गर्नुभएको छ ।

साथै, न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारीलाई नियुक्त गर्नुभयाे । प्रधानमन्त्रीको सिफारिसमा सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अख्तियार दुरूपयाेग अनुसन्धान आयोग

डा.हरि पाैडेल, आयुक्त

डा.सुमित्रा श्रेष्ठ (व्यान्जू), आयुक्त

लोकसेवा आयोग
माधवप्रसाद रेग्मी, अध्यक्ष
माधव बेल्बासे, सदस्य
वीरबहादुर राई, सदस्य
दिनेश सिलवाल, सदस्य
मञ्जुकुमारी, सदस्य

निर्वाचन आयोग
सगुनशम्शेर जबरा, सदस्य

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
विपिनराज निरौला, सदस्य

राष्ट्रिय महिला आयोग
जया घिमिरे, सदस्य
सावित्राकुमारी शर्मा, सदस्य
सुन्दर पुर्कोटी, सदस्य

राष्ट्रिय समावेशी आयोग
रामकृष्ण तिमल्सेना, अध्यक्ष
पुष्पराज तिमिल्सिना, सदस्य
मानप्रसाद खत्री, सदस्य

आदिवासी जनजाति आयोग
सूर्यबहादुर गुरुङ, सदस्य

मधेसी आयोग
आभाकुमारी, सदस्य

थारु आयोग
उमाशङ्कर प्रसाद चौधरी, सदस्य
शान्ति मोदी, सदस्य

मुस्लिम आयोग
मोहम्मद समशुल हक, सदस्य

गोरखापत्र अनलाईन

Facebook Comments