Wed. May 8th, 2024

चीनका परराष्ट्र मन्त्रीद्वारा “बेल्ट एण्ड रोड” एशिया प्रशान्त क्षेत्रीय अन्तर्राष्ट्रिय सहकार्य उच्च स्तरीय भिडियो सम्मेलनको अध्यक्षता

Wang Yi

काठमाडौं, २०७८ असार १० गते बिहीबार । चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले २३ तारिख पैचिङमा “बेल्ट एण्ड रोड” एशिया प्रशान्त क्षेत्रीय अन्तर्राष्ट्रिय सहकार्य उच्च स्तरीय भिडियो सम्मेलनको अध्यक्षता गर्नुभएको छ। महामारी प्रतिरोधात्मक सहकार्यलाई सबल पारी आर्थिक पुनरूत्थानलाई प्रवर्द्धन गर्ने भन्ने यस सम्मेलनको मुख्य नारा रहेको छ। कोलम्बियाका राष्ट्रपति लगायत जम्मा २९ वटा मुलुकका राजनीतिज्ञ र संयुक्त राष्ट्र संघका उप महासचिव एवम् एशिया प्रशान्त आर्थिक तथा सामाजिक परिषद्का कार्यवाहक सचिव आर्मिडा आलिस्जाहबाना लगयतका अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरूको पनि त्यस सम्मेलनमा उपस्थिति थियो।

सम्मेलनमा परराष्ट्र मन्त्री वाङले सर्वप्रथम चीनका राष्ट्राध्यक्ष सी चिनफिङको लिखित भाषण पनि सुनाउनुभयो। त्यसपछि उहाँले निरन्तर रूपमा खोप सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई गहन पार्दै जाने, आपसी सम्पर्क र पारस्परिक आदान प्रदानलाई सबल पार्दै जाने, हरित विकास सम्बन्धी सहकार्यलाई अघि बढाउँदै जाने र क्षेत्रीय तथा विश्वव्यापी स्वतन्त्र व्यापारलाई प्रवर्द्धन गर्दै जानेबारे ४ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभयो। सीआरआई

Facebook Comments