Wed. May 8th, 2024

राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त

काठमाडौं, २०७८ असार ७ गते सोमबार । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त हुनु भएको छ ।

पत्रकार राईलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि महाप्रबन्धक पदमा नियुक्त गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिनुभयो ।

धनकुटाको शहिदभूमि गाउँपालिका निवासी राई विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । हाल देखापढी डटकममा कार्यरत राईले यसअघि नागरिक दैनिक, नेपाल समाचारपत्रलगायतका सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।

आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएका राई नेपाल पत्रकार महासंघको पूर्वाञ्चल सहसंयोजक हुनुहुन्छ । साथै उहाँले प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्यको समेत जिम्मेवारी सम्हाली सक्नु भएको छ ।

पत्रकार राईलाई सफल कार्यकालको लागि हार्दिक शुभकामना ।

Facebook Comments