Wed. May 8th, 2024

पछिल्लो २४ घण्टामा थप एक हजार ५८४ सङ्क्रमित, ४६ जनाको मृत्यु

काठमाडौं, २०७८ असार ७ गते सोमबार । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५८४ जना कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जनाको मृत्यु ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ४६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ८ हजार ७७२ जनाको मृत्यु भैसकेको छ ।

Facebook Comments