Wed. May 8th, 2024

सातै प्रदेशका १६ जना डीआइजी र १५ जना एसएसपीको सरुवा सूचिसहित

काठमाडौं, २०७८ असार ७ गते सोमबार । गृह मन्त्रालयले सात वटै प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआइजी)हरुको सरुवा गरेको छ । सोमबार मन्त्रालयले सातै प्रदेशका १६ जना डिआइजीहरुको सरुवा गरेको हो ।

यस्तै गृह मन्त्रालयले १५ जना प्रहरी वरिष्ठ उपरीक्षककाे सरूवा गरेकाे छ । गृह मन्त्रालयले प्रदेश २ को प्रदेश प्रहरी कर्यालयमा जनकपुरमा कार्यरत धिरज प्रताव सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरो महराजगञ्जमा सरुवा गरेको छ । त्यस्तै अनुसन्धान ब्यूरोमा कार्यारत सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरुवा गरेको छ ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अरुणकुमार बिसीलाई प्रदेश १ को प्रदेह प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यारत उमेश रन्जितकारलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा, प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो नक्सालमा कार्यरत प्रकाश जंग कार्कीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र नेपाल प्रहरी प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत दिवेश लोहनीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोरखामा सरुवा गरिएको छ । गोरखापत्र अनलाईन

Facebook Comments