Tue. Apr 1st, 2025 01:03:14

बाइडेनको युरोप यात्राः गठबन्धनमा फुटको संकेत

काठमाडौं, २०७८ असार ६ गते आईतबार । सीएनएनले जुन १७ तारिख एक रिपोर्ट प्रसारण गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको युरोप यात्राबारे समीक्षा गरेको छ। समीक्षामा बाइडेनले चीनलाई एजेन्डामा राखेको तर युरोपेली समकक्षीहरूले अस्वीकार गरेको भन्दै बल्ल उनीहरूले संयुक्त वक्तव्यमा हस्ताक्षर गरे पनि कुनै पनि ठोस वित्तीय वचन दिएको नदेखिएको उल्लेख छ।

राष्ट्रपति पद सम्हालेपछिको पहिलो युरोप भ्रमणमा बाइडेनले जी ७ शिखर सम्मेलन, नेटो शिखर सम्मेलन र अमेरिका-युरोप शिखर सम्मेलनमा संलग्न भएर तथाकथित मान्यताका आधारमा गठबन्धन स्थापना गरी चीनको विरोध गर्न खोज्नुभयो। तर युरोपको प्रतिकृया नि?

जर्मनीका चान्स्लर एङगेला मर्केलले दोहोर्‍याएर चीन तथा रूससँग मतभेद रहे पनि जी ७ को सहयोग गर्ने आशा अझै रहेको भन्दै विशेष गरी जलवायु परिवर्तन र जैविक विविधता लगायत क्षेत्रमा चीन नभएमा कुनै पनि समस्याको समाधान गर्न नसकिने बताउनुभयो। फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनले जी ७ चीनलाई शत्रु बनाउने क्लब होइन भन्दै जलवायु परिवर्तनको सामना र अन्तर्राष्ट्रिय व्यापार लगायत विषयमा चीनसँग मिलेर प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो।

स्पष्ट छ कि युरोप संघका दुईटा प्रमुख मुलुकले अमेरिकाको रूचिको आधारमा काम गर्दैनन् तर स्वतन्त्र धारणा देखाएका छन्। हालसम्म अमेरिका र युरोप अझै सुरक्षा क्षेत्रको गठबन्धन हुन् तर आपसमा धेरै भेदभाव देखिन्छ।

अन्तर्राष्ट्रिय सम्बन्ध बहु-ध्रुवीकरण भएको वर्तमान विश्वमा गठबन्धन बनाउनु र ऐतिहासिक प्रवाहसँग विपरीत छ त्यसैले अमेरिका-युरोप मान्यताका आधारमा गठबन्धन पक्कै पनि देखावटी मात्र हुनेछ। सीआरआई

Facebook Comments