Mon. May 6th, 2024

सिन्धुपाल्चोकका बाढी पिडितलाई चाइना फाउन्डेसनद्वारा सहयोग

काठमाडौं, २०७८ असार ६ गते आईतबार । सिन्धुपाल्चोकमा गएको बाढीका पिडितहरुलाई गरिवी निवारणका लागि काम गर्दै आएको चिनियाँ गैरसरकारी संस्था चाइना फाउन्डेसनले खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

चाइना फाउन्डेसनले बेजिङ र अन्य माध्यमबाट तत्काल रकम संकलन गर्दै सिन्धुपाल्चोकको बाढीबाट अति प्रभावित मेलम्ची नगरपालिकाको वडा नं १० , वडा नं ११, वडा नं १ र २ का पिडितलाई राहत वितरण गरेको हो ।

फाउन्डेसनले पिडितलाई चामल, दाल, तेल, चाउचाउ, विस्कुटका साथै मास्क, सेनिटाइज वितरण गरेको थियो । साथै फाउन्डेसनले पिडितहरुलाई अस्थायी बसाईका लागि टेन्ट र जस्तापता बाड्ने पनि योजना बनाएको छ ।

चाइना फाउन्डेसनले विगतमा पनि सहयोग र राहत दिदै आएको छ । कोरोनाको दोश्रो लहरमा पनि स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गर्दै आएको फाउन्डेसनले विसं २०७२ सालको भुकम्पमा करिब ४ लाख मानिसहरुलाई सहयोग गरेको थियो ।

गत मंगलबार गएको बाढीबाट सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजारका ३ सय ५० भन्दा बढी घरमा क्षति पुगेको छ भने १ हजार ९ सय स्थानिय प्रभावित भएका छन् भने ७ जनाको मृत्यु हुँदा ३ विदेशी नागरिकसहित २१ जना वेपता रहेका छन् ।

Facebook Comments