Sun. May 5th, 2024

चिनियाँ राष्ट्राध्यक्ष सी र उहाँका पिता: दुई पुस्ता पार्टी सदस्यबीचको हस्तान्तरण

काठमाडौं, २०७८ असार ६ गते आईतबार । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँका बुवा सी चुङस्युन दुवै इमान्दार चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य हुनुहुन्छ। चिनियाँहरूका आँखामा सर्वसाधारणबाट जन्मिएका नेताको रूपमा सी चुङस्युन सधैँ नै जनतामाझ उभिरहनुहुन्छ। उहाँको जीवन क्रान्तिको जीवन हो, युद्धको जीवन हो र जनतालाई सम्पूर्ण मन दिएर सेवा गर्ने जीवन हो।

सी चिनफिङले बुवाप्रति गौरव गर्नुका साथै बुवाबाट धेरै मूल्यवान गुणवत्ता सिक्नुभयो। बुवा सी चुङस्युन जस्तो सी चिनफिङ पनि सर्वसाधारण लक्षित, सर्वसाधारण निर्भर, सर्वसाधारणबाट सर्वसाधारणतर्फ भन्ने सर्वसाधारण लाइनमा अडिग रहने गर्नुहुन्छ। सी चुङस्युङको विचारमा नेता र सर्वसाधारण समान हुन् र नेता सर्वसाधारणमाझ बस्नुपर्छ। सी चिनफिङले बुवाको कार्य शैलीको बिँडो थाम्नुभयो। उहाँले भन्नुभयो कि जुन पार्टीको सदस्य र कार्यकर्ता भएपनि जनताको सेवा गर्ने जिम्मा र कर्तव्य मात्रै छ तर अधिकारी बन्न खोजेमा हित छैन।

सी चुङस्युन अनुसन्धानमा ध्यान दिइरहनुहुन्थ्यो। उहाँ कार्यालयबाट निस्केर सर्वसाधारणबीच गई सर्वसाधारणबाट सबभन्दा लायक र सही उपाय खोज्ने गर्नुहुन्थ्यो। यस्तो कार्य शैलीको प्रभाव उहाँका छोरा सी चिनफिङमा पनि देखिन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन यता सी चिनफिङले पहाडी क्षेत्र र खेतीपातीस्थल लगायतका क्षेत्रमा पुगेर स्थानीय अनुसन्धान गर्नुभएको छ। यसबाहेक सी चिनफिङले बुवाबाट मेहनती र मितव्ययीको भावना पनि सिक्नुभएको छ।
नमूनाको प्रभाव ठूलो छ। बुवाको दैनिक भनाइ र व्यवहारबाट सी चिनफिङले कसरी जनताका सामु समाजसेवी मानिस बन्ने भन्नेबारे सिक्नुभएको छ।
सर्वसाधारण लाइन, अनुसन्धान, मेहनती तथा मितव्ययीता लगायत चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख भावना नै सी चुङस्युन र सी चिनफिङ समेत दुई पुस्ताका चिनियाँ कम्युनिष्ट पार्टीबीच बिँडो थामेको भावना पनि हो। सीआरआई
Facebook Comments