Fri. Apr 26th, 2024

चिनियाँ वर्णशंकर धानद्वारा मेडागास्करलाई अन्नबालीको उत्पादन बढाउन मद्दत

काठमाडौं, २०७८ असार ५ गते शनिबार । हरेक वर्षको मे महिना मेडागास्करको धान भित्र्याउने सिजन हो। मेडागास्करका अनेकौं क्षेत्रहरूमा वर्णशंकर धानको खेती गरेका किसानहरू धान काट्न व्यस्त हुने गर्दछन्। मेडागास्करको कृषि मन्त्रालयको तथ्यांक अनुसार, चालू वर्षमा वर्णशंकर धानको फसल प्रचूर छ भने औसतमा हरेक हेक्टरको खेतीमा सात टनदेखि आठ टनसम्मको धान भित्र्याइएको छ।

चीनको हुनान युआन श अन्तर्राष्ट्रिय कृषि विकास कम्पनी लिमिटेडले सन् २००७देखि वर्णशंकर धानको रोपाई प्रविधिको प्रचार-प्रसार गर्न कृषि प्राविधिज्ञ पठाउने गर्दछ। दश वर्षको विकासपछि हाल मेडागास्कर अफ्रिकामा वर्णशंकर धानको सबैभन्दा ठूलो रोपाई क्षेत्रफल र सबैभन्दा बढी उत्पादित मात्रा रहेको मुलुक बनिसकेको छ।

युआन श अन्तर्राष्ट्रिय कृषि विकास कम्पनी लिमिटेडअन्तर्गत मेडागास्कर वर्णशंकर धान परियोजनाका जिम्मेवार व्यक्ति ली यान फिङले अझै धेरै खेतीमा वर्णशंकर धान रोपिएको कुरा बताउनु भयो । उहाँ भन्नुहुन्छ “हालसम्म चीनको वर्णशंकर धान मेडागास्करमा रोपिएको क्षेत्रफल ७ लाख ५० हजार मू अर्थात् ५० हजार हेक्टर पुगेको छ। मेडागास्करका २२ वटा प्रदेशमध्ये आधा प्रदेशहरूले वर्णशंकर धान रोपेका छन्। गत वर्षमा मेडागास्करको कृषि मन्त्रालयले ५ सय टनको चिनियाँ वर्णशंकर धानको बिउ खरीद गरेको थियो।”

अफ्रिकी महाद्विपका मुलुकहरूले मकै, कासावाको मुख्यतःरोप्छन्। तर मेडागास्करको धानखेतीको दीर्घकालीन इतिहास छ। चामल स्थानीय वासिन्दाको पहिलो खाद्यान्न हो। स्थानीय प्राकृतिक अवस्थाले पनि धान रोप्न सुहाउँछ। त्यसैले मेडागास्करमा वर्णशंकर धान रोप्नुमा श्रेष्ठता छ। तर अर्कातिर मेडागास्करको धान बिउको उत्पादित मात्रा कमी थियो। हरेक हेक्टरमा धानको उत्पादन मात्रा ३ टन मात्रै थियो। ली यान फिङकाअनुसार, स्थानीय सरकार र सर्वसाधारणले वर्णशंकर धानमार्फत खाद्यान्नको उत्पादन मात्रा बढाउने र जनताको आवश्यकता पूर्ण गर्नसक्ने आशा लिएका छन्। ली यान फिङ भन्नुहुन्छ “मेडागास्करको कृषि मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार, स्थानीय धानको उत्पादित मात्रा हरेक हेक्टरमा करीब २.८ टन थियो।

चिनियाँ वर्णशंकर धानको औसत उत्पादन मात्रा हरेक हेक्टरमा छ टनदेखि सात टनसम्म छ भने सर्वोच्च उत्पादित मात्रा हरेक हेक्टरमा १० टन छ। चिनियाँ वर्णशंकर धानले स्थानीय सर्वसाधारणको खाद्यान्न समस्याको समाधान गर्न र खाद्यान्न उत्पादन मात्रा बढाउनका लागि ठूलो योगदान दिएको छ। मेडागास्करका अधिकारी र किसानलगायतको विभिन्न तहले चिनियाँ वर्णशंकर धानको उच्च मूल्याकंन गरेका छन्।

मेडागास्करका कृषि मन्त्रीले वर्णशंकर धानको जोडतोडताका साथ विकास गर्ने, चिनियाँ वर्णशंकर धानले मेडागास्करको खाद्यान्न संकटको प्रभावकारी रुपमा समाधान गरेको तथा मेडागास्करले खाद्यान्नको उत्पादन मात्रा बढाउन र चामलको निर्यातक मुलुकको स्थान पुनःफर्काउनका लागि भूमिका निर्वाह गरेको कुरा बताउनुभयो।”

ली यान फिङकाअनुसार, स्थानीय किसानहरू चिनियाँ कम्पनीद्वारा आयोजना गरिएको तालिम कक्षामा सहभागी भए। उहाँ भन्नुहुन्छ “हामीसँग सहकार्य गर्ने किसानहरूको जीवनस्तर सुध्रिएको छ। ती किसानहरूले भने, उनीहरूको जीवन राम्रो बनेको छ। किनभने धानको उत्पादन मात्रामा वृद्धि भएको छ। उनीहरूले चालम बिक्री गरेर पैसा कमाउनसक्छन्। पैसा भएपछि उनीहरूले बच्चा पढ्नका लागि शुल्क तिर्नसक्छन्, नयाँ आवासको निर्माण गर्नसक्छन्।”

थाहा भएअनुसार, चिनियाँ वर्णशंकर धान नाइजेरिया, केन्या, मोजाम्बिक आदि अफ्रिकी मुलुकहरूमा रोपिएको छ। चिनियाँ वर्णशंकर धानले स्थानीय खाद्यान्न सुरक्षाको प्रत्याभूति गर्नका लागि सकारात्मक योगदान दिएको छ। सीआरआई

Facebook Comments