Tue. May 7th, 2024

स्वदेशी मानव अधिकारमा आँखा चिम्लने बेलायतसँग अरुमाथि औँला उठाउने अधिकार छैन-चिनियाँ विदेश मन्त्रालय

काठमाडौं, २०७८ असार ५ गते शनिबार । चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लि च्येनले जुन १८ तारिखमा आयोजित नियमित पत्रकार सम्मेलनमा बेलायतले आफ्नै मानवअधिकारका मुद्दाहरूमा आँखा चिम्लेको र अन्य देशको मानव अधिकारको स्थितिमा हस्तक्षेप गरेको बताउनुभयो। उहाँले यस्तो पाखण्डपूर्ण र दोहोरो मापदण्ड बेलायतले देखाएको पनि उल्लेख गर्नुभयो।

बेलायती मिडियाले भर्खरै रिपोर्ट गरेका छन् कि नयाँ कोरोना भाइरस महामारीका कारण बेलायतमा स्वास्थ्य असमानताहरू तीव्र भएको छ र अल्पसंख्यक जातीय समूहहरू उपचारको क्रममा भेदभावको सिकार भएका छन्। थप रूपमा, सम्बन्धित ब्रिटिश आर्थिक थिंकट्यांकको रिपोर्टले महामारीको समयमा बेलायती अल्पसंख्यकहरूको बेरोजगारी दर बढेको पनि देखाएको छ।

यस सम्बन्धमा प्रवक्ता चाउले औल्याउनुभयो कि जातीय विभेद अन्त्य सम्बन्धी संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार हालसालैका वर्षहरुमा बेलायतमा जातीय भेदभाव तीव्र भएको छ र अल्पसंख्यक विरुद्ध व्यवस्थित भेदभाव, हिंस्रक उत्तेजना र घृणा अपराधमा उल्लेखनीय बृद्धि भएको छ। अप्रत्याशित कुरा के हो भने बेलायत केवल आत्मपरीक्षणबाट टाढा रह्यो र अल्पसंख्यकहरूको मानव अधिकारको रक्षाका लागि व्यावहारिक कदम चालेन, तर सत्य लुकाउन खोजिरहेको छ। सीआरआई

Facebook Comments