Tue. Apr 23rd, 2024

पछिल्लो २४ घण्टामा २ हजार १४ जना संक्रमित थपिए, ५२ जनाको मृत्यु

काठमाडौं, २०७८ असार २ गते बुधबार । पछिल्लो चौविस घण्टामा नेपालमा कोरोनाभाइरसका दुई हजार १४ जना सङ्क्रमित थपिएका छन् । आठ हजार ६८७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार १४ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १४ हजार २१६ पुगेको छ । चार हजार ३३५ नमूनाको एन्टीजेन परीक्षण गरिएकोमा ८१४ को रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ८२ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४३ हजार ५२१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८८.५ प्रतिशत पुगेको छ । हाल ६२ हजार १३७ जना सक्रिय सङ्क्रमित छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५२ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा आठ हजार ५५८ जनाले ज्यान गुमाएका छन् ।

Facebook Comments