Tue. Apr 23rd, 2024

शताब्दी पुरूष जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं, २०७८ जेठ २७ गते बिहीबार । वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीको मुटुमा समस्या आएपछि हिजो बुधबार उहाँलाई किस्ट मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको छ । आजदेखि उहाँको स्वास्थ्यमा सुधार आएको बेहोरा कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीबाट थाहा भएको छ ।

छाती दुख्न र पोल्न थालेपछि डा.जोशीलाई अस्पतालमा पुर्याइएको थियो । औषधी चलाएको आधा घन्टापछि उहाँलाई आराम हुन थालेको थियो । उहाँको स्वास्थ्यबारे अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले भन्नुभयो-“हिजै उहाँले घर जाने इच्छा प्रकट गर्नुभएको थियो तर हामी उहाँको विशेष उपचार गरिरहेका छौँ र पूर्ण रूपमा आराम भएपछि मात्र उहाँलाई घर पठाउने छौँ ।”

वरिष्ठ लेखक तथा नइ प्रकाशनका सदस्य सचिव नरेन्द्र राज प्रसाईका अनुसार डा. जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि आआफ्नो शरीर मरणोपरान्त समर्पण गर्नुभएको छ ।

डा.जोशी वैशाख ३० गतेदेखि १०२ वर्षमा हिंड्दै हुनुहुन्छ । भ्वाईस अफ काठमाडौं परिवार शताब्दी पुरूष डा. सत्यमोहन जोशीको शीघ्र स्वास्थ्य लाभको लागि ईश्वरसँग प्रार्थना गर्दछ ।

Facebook Comments