Sat. May 18th, 2024

चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त सामग्री हस्तान्तरण

काठमाडौं, २०७८ जेठ २५ गते मंगलबार । सत्तारुढ नेकपा (एमाले) ले चिनियाँ कम्युनिस्ट पार्टीबाट कोभिड-१९ को नियन्त्रण र रोकथामका लागि प्राप्त स्वास्थ्य सामग्री आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन-नाइन्टी फाइभ मास्क एक लाख थान सामग्री हस्तान्तारण गरिएको जनाइएको छ । सो कार्यले कोभिड-१९ का विरुद्धको लडाइँमा थोरै भए पनि मद्दत पुग्ने विश्वास सो पार्टीले लिएको छ । गोरखापत्र अनलाईन

Facebook Comments