Tue. May 21st, 2024

खाने होईन त झ्याउँकीरी ?

काठमाडौं, २०७८ जेठ २५ गते मंगलबार ।  विश्वका विभिन्न मुलुकमा अनेक थरीका खाद्य पदार्थहरुको उपभोग गरिन्छ । कुनै खाद्य बस्तु वनस्पतीबाट प्राप्त हुन्छन् त कुनै जीवजन्तुबाट । अनि कतिपय खाद्यपदार्थहरु कीरा कीराफट्याङ्ग्राबाट तयार पारिन्छ ।

नेपाली समाजमा झुसिल किरा, विच्छी, लाब्रे जस्ता कीरा खान मानिसहरु घिन मान्ने गर्दछन् । किनकी हाम्रा पुर्खाहरुले त्यस्ता कीराफट्याङ्ग्रा खान हामीलाई सिकाएनन् तर हाम्रै छिमेकी देश भारत र चीनका कैयौं शहर तथा वस्तिहरुमा मानिसहरु रमाई रमाई झुसिल किरा, विच्छी, लाब्रेलाई विभिन्न परिकार बनाएर खाने गर्दछन् ।

अब हामी हाम्रै गाउँघरमा प्रशस्त मात्रामा पाईने समयसूचक कीरो झ्याउँकीरीको स्वादिष्ट परिकारको कुरा गरौं हैत ? हुन त झ्याउँकीरीको स्वादिष्ट परिकार हाम्रो देशमा सायदै कसैले खाएको होला । तर विश्वको सबैभन्दा विकसित तथा शक्तिशाली देश अमेरिकाको न्यूयोर्क शहरमा यत्तिवेला झ्याउँकीरीको विभिन्न परिकार खानेहरुको हारालुछ छ ।

पूर्वी अमेरिकामा १७ वर्ष जमिनमुनि बसेका झ्याउँकीरीहरू पहिलो पटक बाहिर निस्किँदा न्यूयोर्कमा काम गर्ने शेफ जोसेफ यून ती कीराबाट व्यञ्जन बनाउन व्यस्त हुनुहुन्छ।

झ्याउँकीरी र अन्य कीराफट्याङ्ग्राको स्वाद र तिनबाट प्राप्त हुने प्रोटीनको बखान गर्दै उहाँ भन्नुहुन्छ, “विश्वमा दुई अर्ब मानिसले खाने कुरा हामी किन खाइरहेका छैनौँ ?”

जोसेफ यून भन्नुहुन्छ, “प्रोटिनको कुनै दिगो, पोषक र स्वादिष्ट श्रोत हुन्छ कि ? कल्पना गर्नुहोस् त ।” भुईमुनी १७ वर्ष वसेपछि करोडौं झ्याउँकीरी पूर्वी अमेरिकामा यत्तिवेला देखा परेकाछन् ।

केही जीव यसको सिकार गरेर पेट भर्छन । त्यसरी फाईदा लिनेमा पशुपंक्षी मात्र छैनन् । झ्याउँकीरी एकदमै स्वादिष्ट हुन्छ । ब्रुक्लिनमा कार्यरत पाकशास्त्री जोसेफ यूनलाई यो विशेष अवसर हो ।

उहाँ किराफ्टयाङराको व्यञ्जन बनाउन निपूर्ण मानिनु हुन्छ । जोसेफ यून भन्नुहुन्छ, “तिनीहरु १७ वर्षपछि बाहिर आउने भएकोले एकदमै विशेष र राम्रो कुरा हो काम गर्नका लागि । कीट जन्य प्रोटिन हाम्रो भोजनमा सम्लग्न गर्नेबारे विचार गर्नुको अर्थ के हो भने विश्वमा अहिले जलवायु परिवर्तनका कारण के भएको छ भन्ने सोच्नु हुन्छ भने धेरै प्रोटिन कसरी पाउने भनेर हामीले उपाय खोज्नु पर्छ । विश्वभरी बढ्दो जनसंख्यालाई खुवाउन कीटजन्य खोपबारे ठूलो चुनौती के हो भने मानिसहरुको, अमेरिकीहरुको यसबारे धेरै चर्को प्रतिक्रिया छ । अनि त्यो प्राय घृणाको चर्को प्रतिक्रिया हुन्छ ।”

जोसेफ यून भन्नुहुन्छ, “कीराहरु दिगो हुन्छन् । मान्छेले उपभोग गर्न तिनलाई पाल्छन् र संङ्कलन गर्छन । ती निक्कै पोषक हुन्छन् । दुई हजार भन्दा बढी प्रकारका कीराहरु खान सकिन्छ । अनि तिनको स्वाद, वनावट र गुण फरक हुन्छ । उसो भए हामीले के गुमाउँछौं त ? संसारमा अरु दुई अर्ब मानिसले सेवन गर्ने कुरा हामी किन खाईरहेका छैनौं ?”

“अनि हाम्रा लागि फेरी पत्ता लगाउन अनि फेरी कल्पना गर्न तथा कीटजन्य प्रोटिन हाम्रो भोजनमा सम्लग्न हुन सक्षम हुन । मलाई लाग्छ प्रोटिनका दिगो रुपबारे सोच्न यो गजबको तरिका हुनसक्छ ।” उहाँ अझै जोड दिएर भन्नुहुन्छ ।

बिबिसीमा आधारित रे न्यूज डेलीको रिपोर्ट

Facebook Comments