Sat. May 4th, 2024

मुख्यमन्त्री भट्टलाई ​विश्वासको मत प्राप्त, सुदुरपश्चिममा माओवादीको सरकार जोगियो

काठमाडौं, २०७८ जेठ २५ गते मंगलबार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नु भएको छ। आज प्रदेशसभामा भएको मतदानमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका १८ जना प्रदेशसभा सदस्यको साथमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्नु भएको हो। भट्टले ३० मत प्राप्त गर्नु भएको हो ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै परेको थियो । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले भने मतदानमा भाग लिएन ।

बैठकमा ५१ जना सांसद उपस्थित भएकामध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।

सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने सवालमा एमाले संसदीय दल विभाजित भएको थियो । रे न्यूज डेली

Facebook Comments