Thu. May 16th, 2024

चाउ ल ची संयुक्त राष्ट्र संघ महासभाको भ्रष्टाचारविरूद्धको विशेष सम्मेलनमा सहभागी

काठमाडौं, २०७८ जेठ २२ गते शनिबार । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् केन्द्रीय अनुशासन निगरानी समितिका सचिव चाउ ल ची पैचिङबाट भिडियोमार्फत संयुक्त राष्ट्र संघ महासभाको भ्रष्टाचारविरूद्धको विशेष सम्मेलनमा सहभागी हुनुभएको छ। त्यस क्रममा उहाँले मानव जाति भाग्यको एकरूपता भन्ने विचारधारालाई कायम राख्दै शुद्ध, निष्पक्ष र स्वच्छ पृथ्वी घरबारको निर्माण गरौँ शीर्षकमा सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा चाउ ल चीले राष्ट्राध्यक्ष सी चिनफिङले भ्रष्टाचारविरूद्धको कार्यमा उच्च महत्व दिनुभएको भन्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले भ्रष्टाचारविरूद्धको कार्यमाथि गरेको एकीकृत नेतृत्व नै भ्रष्टाचारमाथि प्रहार गर्ने सबैभन्दा सशक्त राजनीतिक निर्देशन र सुनिश्चितता बनेको औंल्याउनुभएको छ।

 

चीन विश्वमा भ्रष्टाचारविरूद्धको कार्यमा सक्रिय सहभागी मात्र नभई योगदानकर्ता पनि बनेको कुरामा जोड दिँदै चाउ ल चीले भ्रष्टाचारविरूद्धको कार्य सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य सञ्चालनका लागि चार बुँदे चिनियाँ प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। सीआरआई

Facebook Comments