Fri. May 17th, 2024

तिव्वतको गुडविल फाउन्डेशनबाट नेपाललाई ६० थान कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडौं, २०७८ जेठ २२ गते शनिबार । चीनको प्रसिद्ध शहर ल्हासमा क्रियाशील गुडविल फाउन्डेशनले नेपाल सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाललाई फाउन्डेशनका प्रमुख मा च्यानले अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो । महावाणिज्यदूत ढकालका अनुसार फाउन्डेशनबाट प्राप्त सहायता सामाग्री आजै नेपाल चीनसीमा नाका खासा तातोपानी पुगिसक्ने बताउनु भयो ।

कोराना भाइरसको महामारी नियन्त्रण गर्न फाउन्डेशनले शुरु देखि नै नेपालमा मास्क, स्यानिटाइजर, पीपीइ सेट सहायता गर्दै आएको थियो । पछिल्लो पटक ल्हासा स्थिति नेपाली बाणिज्यदूतावासको अनुरोघमा गुड विल फाउन्डेशनले अस्किजन कन्सन्ट्रेटर सहायता नेपाल सरकारलाई उपलव्ध गराएको हो । नेपालको कोरोना भाइरस महामारी नियन्त्रणका लागि सहयोग गर्न पाउंदा आफूलाई खुशी लागेको फाउन्डेशनका प्रमखु मा च्यानले बताउनु भयो ।

महावाणिज्यदूत ढकालले सहयोगका लागि फाउन्डेशनलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । नेपालमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस महामारी नियन्त्रण गर्नका लागि चीन सरकार र चीनमा क्रियाशील विभिन्न संघ संस्थाले नेपाललाई सहयोग गर्दै आएका छन् । नेपाल पेज अनलाईन

Facebook Comments