Tue. May 14th, 2024

पुरुष ह्याण्डबल: पाकिस्तानलाई स्वर्ण

काठमाडौं, २०७६ मंसिर २३ गते सोमबार ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोल गर्दै पाकिस्तानले सागमा दोस्रो स्वर्ण जितेको हो । भारतले भने उपविजेता बन्दै रजत पदक जितेको छ ।

बंगलादेशमा भएको ११ औं सागबाट समावेश भएको ह्याण्डबलमा पाकिस्तानले पुरुषतर्फको पहिलो स्वर्ण जितेको थियो । भारतकै गुहावटीमा भएको १२ औं सागमा भने भारतले स्वर्ण जितेको थियो । पाकिस्तान उपविजेता बन्दै रजत पदकमा सीमित बनेको थियो ।

विजेता पाकिस्तानका लागि मोहम्मद मुजामल हुसेनले सर्वाधिक ६ गोलको योगदान दिनुभयो । हजरत हुसेनले टोलीका लागि ५ गोल थप्नु भयो । इमरान खानले टोलीका लागि ४ गोल जोड्नुु भयो । असिम सइद र मोहम्मद जुबेरले समान ३÷३ गोलको योगदान गर्नुभयो । नासिर हुसेन र मोहम्मद सहिद बसिरले समान २÷२ गोलको थप्नु भयो । नामिद उर रहमान र असिफ हायातले समान १÷१ गोल गर्नुभयो ।
भारतका नविन सिंहले सर्वाधिक ८ गोलको योगदान दिनुभयो । दिपक अहलावत, अंकित र रमेश चन्दले समान ५÷५ गोल जोड्नु भयो । दिनेशले टोलीका लागि ४ गोल जोड्नु भयो । करमजित सिंह र ह्याप्पीले टोलीका लागि समान १÷१ गोल थप्नु भयो ।

Facebook Comments