Tue. May 14th, 2024

गौरिकालाई एकै सागमा चार स्वर्णको कीर्तिमान, स्वर्ण ४९ पुग्याे

काठमाडौं, २०७६ मंसिर २३ गते सोमबार ।

१३ औं दक्षिण एशियाली खेलकूद (साग)मा पौडीको १०० मिटर फ्रीस्टाइलमा गौरीका सिंहले अर्को स्वर्ण पदक जित्दै अर्को कीर्तिमान कायम गर्नु भएको छ । सागमा यो उहाँको चौथो पदक हो उहाँले एकै वर्षको सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाउनु भएको छ ।

गोरखापत्र अनलाईनका अनुसार उहाँले सोमबार भएको १०० मिटर फ्रीस्टाइल ५८।१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्नु भएको हो । उहाँले प्रतिद्वन्द्वी भारतीय खेलाडी शिवांगी शर्मालाई हराउनु भएको थियो । शिवांगीको समय ५८।१५ सेकेन्ड थियो ।

यस अघि तेक्वान्दो खेलाडी दीपक विष्टले फरक फरक सागमा चारवटा स्वर्ण पदक जितेर एकै व्यक्तिले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाउनु भएको थियो । गौरिकाले एकै सागमा चार स्वर्ण जित्नु भएको हो ।

Facebook Comments