Thu. Mar 20th, 2025 07:19:51

२५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरी हङ्‌कङकी महिला शिक्षकद्वारा कीर्तिमान

काठमाडौं, २०७८ जेठ १७ गते सोमबार । चीनको विशेष प्रशासनिक क्षेत्र हङ्‌कङकी एक ४५ वर्षीया शिक्षिकले गत आइतवार सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान राख्नु भएको छ ।

चाङ यीन हुङले २५ घण्टा ५० मिनेटमा आधारशिविरबाट सगरमाथा शिखरमा पुग्दै सो कीर्तिमान बनाउनु भएको हो। उहाँले यसअघि नेपाली आरोहीले राखेको कीर्तिमानभन्दा १२ घण्टा कम समयमा आरोहण गनुृभएको हो ।

“उच्च लक्ष्य लिँदा अपेक्षा पनि उच्च राख्नुहोस्,” सगरमाथाबाट फर्किएर उहाँले काठमाडौंमा पत्रकारहरूलाई बताउनु भयो ।

“मलाई खुसी महसुस भएको छ किनभने म कीर्तिमान भङ्ग गर्नेभन्दा पनि आफैँलाई चुनौती दिन चाहन्थेँ,” उहाँले भन्नुभयो ।

हालैका दिनमा सगरमाथामा कीर्तिमान राख्नेमा उहाँ तेस्रो आरोही हुनुुहुन्छ। गत आइतवार ७५ वर्षीय अर्थर मूर सगरमाथा चढ्ने सबैभन्दा बढी उमेरका अमेरिकी बन्नुभयो भने चीनका ४६ वर्षीय चाङ हङ सोमवार सगरमाथा शिखरमा पुग्ने पहिलो आँखा नदेख्ने एशियाली बन्नुभयो ।

यो मौसममा सयौँ आरोहीहरूले नेपालमा बढिरहेको कोभिड सङ्क्रमणको बीच सगरमाथा आरोहण गरेका छन्। गत वर्ष कोभिडका कारण सगरमाथा आरोहण निषेध गरिएको थियो।

मे ११ मा खराब मौसमका कारण बीचमै आरोहण त्यागन बाध्य चाङ एक सातापछि पुन आरोहण गर्न फर्किनु भएको थियो । बिबिसी

Facebook Comments