Sun. Apr 28th, 2024

स्वप्न द्विप

-  रामबाबु दाहाल

  काठमाडौं, २०७८ जेठ १८ गते मंगलबार ।

स्वप्न द्विप

रामबाबु दाहाल    

शयन यानमा सवार
म यात्रारत् पाइलट
मौसमको प्रतिकुलतामा
भए वेखवर !
आकस्मिक अवतरणमा
झरे प्यारासुटमा
स्वप्न द्विपमा…
त्यहाको संसार
अबर्णनिय ,अकल्पनीय क्षण !
म अनौठो प्राणीको स्वागतार्थ
भेला भए भिन्न प्राणी
न थिए शास्त्रिय बर्णित देवतुल्य
न त राक्षसी आकृति
थिए मानवरुपी मानव
तर थिएनन् हामी जस्ता !

अनुहार काट्टीकुट्टी स्वजनको
ब्यबहार खॉट्टी आत्मियपनको
न गोरा न काला
न आर्यन न मंगोलियन
मान्छे जस्ता तर मान्छे होइनन्
फेरि हामी जस्ता !

स्वागत थियो सत्कार थियो
भाषा थिएन भाका थियो
भोक तिर्खा केहि थिएन
ब्यन्जन परिकार केही थिएन
थियो त तृप्ती र संन्तुष्टिका भाव
तप थियो त्याग थियो
अहो ! अलौकिक रनवन निर्झन
त्यही त कल्पनातित स्वर्ग थियो ।

Facebook Comments