Sun. Apr 28th, 2024

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय १४ जनाको मृत्यु, ४ हजार १ सय ७८ संक्रमित थपिए, ६ हजार ४ सय ९१ जना कोरोनामुक्त

काठमाडौं, २०७८ जेठ १७ गते सोमबार । नेपालमा कोरोनाभाइरसका चार हजार १७८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १५ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार १७८ सङ्क्रमित पुष्टि भएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ६१ ह्जार ३०२ पुगेको छ । हाल एक लाख छ हजार ४७० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ४९१ सङ्क्रमित निको भएको जनाएको छ । हालसम्म चार लाख ४७ हजार ४४६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोनाबाट निको हुने दर ७९.७ प्रतिशत पुगेको छ । हाल ६८९ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ११४ सङ्क्रमितको मृत्यु भएको जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म सात हजार ३८६ जनाको मृत्यु भएको छ ।

Facebook Comments