Sun. May 5th, 2024

भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको जहाज आज पैचिंग जाने

काठमाडौं, २०७८ जेठ १७ गते सोमबार । चिनियाँ भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राती साढे ११ बजे चीनको राजधानी पैचिंग जाने भएको छ । चीन सरकारले अनुदानमा दिन लागेको दश लाख डोज मध्ये आठ लाख डोज भेरोसेल खोप लिन एयरलाइन्सको वाइडबडी जहाज आज पैचिंग जान लागेको नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो,‘आज राती साढे ११ बजे बेइजिङ (पैचिंग) जाने र भोली साढे २ बजे ८ लाख डोज खोप लिएर जहाज नेपाल आइपुग्छ ।’ जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डरीले गरेको आग्रहमा चिनियाँ राष्ट्रपति सि चिनपिङलेआठ लाख खोप नेपाललाई अनुदानमा दिने घोषणा गर्नुभएको छ ।

आज नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज पठाउने तयारी गरेको निगमका प्रबन्ध निर्देशक पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘तत्काल उपलब्ध गराउने ८ लाख डोज खोप र हाम्रो डिपार्टमा तयार रहेको केही सामान छ त्यो पनि ल्याउने हो ।’चीनले नेपाललाई दिने १० लाख डाेज भेराेसेल खाेप मध्ये दुइ लाख डाेज चीनकाे तिब्बत सरकारका तर्फबाट दिन लागिएकाे हाे । गोरखापत्र अनलाईन

Facebook Comments