Mon. Jul 1st, 2024

एमाले स्थायी कमिटी बैठक आजपनि स्थगित, भाेलि ११ बजे बस्ने

काठमाडौं, २०७८ जेठ १७ गते सोमबार । सोमबार बिहान ११ बजे बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । जेठ १६ गते साँझ ५ बजे बस्ने भनिएको बैठक जेठ १७ गते बिहान ११ बजे बस्ने भनिएको थियो, यो बैठक पनि स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः भोली जेठ १८ गते बिहान ११ बजे सरेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments