Sun. Nov 24th, 2024

‘दोस्रो हरित विकास साझेदारी एवं ग्लोबल गोल’ -२०३० शिखर सम्मेलनमा ली खछ्याङ उपस्थित

काठमाडौं, २०७८ जेठ १६ गते आईतबार । चीनका प्रधानमन्त्री ली खछ्याङले मे ३० तारिख भिडियोमार्फत ‘दोस्रो हरित विकास साझेदारी एवं ग्लोबल गोल’ -२०३० शिखर सम्मेलनमा भाग लिनुका साथै सम्बोधन गर्नुभएको छ।

उहाँले चीनले हरित र कम कार्बन विकास आर्थिक प्रणाली स्थापना गरी हरित आर्थिक तथा सामाजिक विकासमा रूपान्तरण गर्न अग्रसर हुने भन्दै कम कार्बनको महत्वपूर्ण रणनीति अपनाएर प्रदूषण र कार्बन घटाउन अघि बढ्ने विचार व्यक्त गर्नुभयो।

प्रधानमन्त्री ली खछ्याङले एकतावद्ध सहयोगमा महामारीको संयुक्त नियन्त्रण गर्ने, विचार बदलेर हरित तथा कम कार्बन ढाँचाको विकास गर्ने, विकासोन्मुख मुलुकको विशेष कठिनाइमा ध्यान दिने गरी तीन वटा प्रस्ताव प्रस्तुत गर्नुभयो।

चीनले विभिन्न पक्षसँग मिलेर हरित रूपमा पुनर्रूत्थान बढाएर मानवजातिको असल भविष्यको संयुक्त सिर्जना गर्ने इच्छा लिएको पनि उहाँले जानकारी दिनुभयो। सीआरआई

Facebook Comments