Sun. May 19th, 2024

चिनियाँ राष्ट्राध्यक्षले घोषणा गरेको खोप लिन निगमको जहाज भोलि पैचिंग जाने

काठमाडौं, २०७८ जेठ १६ गते आईतबार । आकस्मिक प्रयोजनका लागि भन्दै चीन सरकारले दोस्रो पटक अनुदानमा दिएको कोरोना भाइरस विरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज भोलि सोमबार चीनको राजधानी पैचिंगका लागि उड्ने भएको छ ।

पैचिंगस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख शुशीलकुमार लम्सालले चिनियाँ अनुदानको खोप लिन निगमको वाइड बडी जहाज भोलि सोमबार राति काठमाडौंबाट पैचिंगको लागि उड्ने र मंगलबार अपराह्न २ बजे काठमाडौंअवतरण गर्ने तालिका तय गरिएको जानकारी दिनुभयो । चिनियाँ अनुदानमा प्राप्त सबै खोप साइनो फार्म कम्पनीको ‘भेरोसिल’ हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको झण्डै पौने घण्टाको फोन वार्ताका क्रममा चिनियाँ समकक्षी सीले नेपाललाई आकस्मिक प्रयोगका लागि १० लाख मात्र चिनियाँ खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो । सो खोपमध्ये चीनको केन्द्रीय सरकारले दिने ८ लाख मात्रा निगमको जहाजले मंगलबार ल्याउने छ बाँकी २ लाख डोज नेपाल चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले युनान प्रान्तको सदरमुकाम सहर खुनमिङबाट ल्याउने छ ।

यसअघि चीन सरकारले पहिलो पटक अनुदानमा दिएको आठ लाख मात्रा खोप निगमकै जहाजले पैचिंगबाट दुई महिनअगाडि काठमाडौं ल्याएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूत हौ यान छिले गत चैत्र १६ गते बालुवाटार पुगेर औपचारिकरुपमा सो खोप हस्तान्तरण गर्नुभएको खवर नेपाल समाज अनलाईनले लेखेको छ ।

Facebook Comments