Sun. May 19th, 2024

थाइ राजपरिवारले पठाएको स्वास्थ्य सामग्री आईपुग्यो

काठमाडौं, २०७८ जेठ १६ गते आईतबार । थाइल्याण्डका राजपरिवारबाट नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको छ । राजपरिवारको सहयोगका स्वास्थ्य सामग्री बोकेको रोयल थाई एयर फोर्सको विशेष विमानबाट आज त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासप्पले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

थाइ नरेश महाबजिरालोङकन फ्रा वजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिबाट व्यक्तिगत उपहार स्वरुप थाइ रोयल एडको रूपमा स्‍वास्‍थ्‍य सामग्री पठाएको हो ।

जसमा १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पिपिर्इ गाउन, १० हजार जोडी लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेस सिल, २० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर, १ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग र ७ हजार थान पिपिइ रहेको छ।

सो अवसरमा स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थित रहेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाथ्य सामाग्री सहयोगको अपिल गर्दै थाइ नरेशलाई नेपाली राजदुतावास मार्फत पत्र समेत पठाउनु भएको थियो ।

थाइ नरेशका सल्लाहकार समेत रहनुभएका नेपाली भिक्षु फ्रा देव शाक्य वंशपण्डित प्रा.डा.सुगन्ध महास्थवीर (अनिल शाक्य) को पहलमा उक्त सामग्री नेपाल पठाएको हो । रे न्यूज डेली

Facebook Comments