Tue. May 7th, 2024

प्रधानमन्त्री ओलीद्वारा विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरुलाई समसामयिक विषयमा जानकारी

काठमाडौं, २०७८ जेठ १३ गते बिहीबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपालस्थित विभिन्न विदेशी सञ्चार माध्यमका प्रतिनिधीहरुको आगि पत्रकार सम्मेलनको आयोजना गर्नुभयो । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ४ वजेदेखि सुरु गरिएको सो पत्रकार सम्मेलन झण्डै दुई घण्टासम्म चलेको थियो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण र रोकथामको लागि सरकारले चालिरहेका विभिन्न कदमहरु, कोरोना विरुद्धको खोपको व्यवस्थापन र विभिन्न देशहरुसँग भैरहेका सम्वाद, प्रतिनिधि सभा विघटनपछि देखिएका विभिन्न घटनाक्रम, सरकारका हरेक कामकारवाही प्रति गरिन्दै आएका टिका टिप्पणी, पार्टी भित्रैका नेताहरुले सरकार विरुद्ध गरिरहेका विभिन्न क्रियाकलाप, अरनिको राजमार्गको स्तरोन्नतीको लागि भैरहेका प्रयासहरु, नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालमा फिर्ता ल्याउन भैरहेका प्रयास, २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त पारेका संरचनाहरुको पुननिर्माण, मेलम्ची खानेपानी आयोजना लगायतका विभिन्न विषयमा जानकारी दिनुका साथै पत्रकारहरुले राखेका विभिन्न जिज्ञासाहरुको पनि जवाफ दिनुभएको थियो ।

पत्रकार सम्मेलनमा झण्डै दुई दर्जन पत्रकारहरुको सहभागीता रहेको थियो ।

Facebook Comments