Fri. Apr 26th, 2024

टिकटक बनाउने क्रममा झुण्डिएर उदयपुरमा एक बालिकाको मृत्यु

काठमाडौं, २०७८ जेठ १४ गते शुक्रबार । उदयपुरमा टिक टक बनाउने क्रममा एक बालिकाको झुण्डिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चौदण्डीगढी नगरपालिका ९ बस्ने बर्ष ११ की संजीता बस्नेत रहनु भएको छ ।

उहाँको टिकटक बनाउन मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर पासो लाग्दा मृत्यु भएको प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार उहाँले मोबाइल घरको दलिनमा राखेको अवस्थामा फेला परेको थियो ।

उहाँको घाँटीमा सलको पासो बनाएर बाई बाई गरेको भिडियो देखिएको छ । आमा, बुबा भान्सा कोठामा खाना खाइरहेको अवस्थामा छोरीले अर्को कोठामा टिकटक बनाउने क्रममा बुधवार साँझ झुण्डिएर मृत्युभएको थियो । बालिका आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) भिवबहादुर दाहालले जानकारी दिनुभयो । सलको पासो बनाएर झुण्डिएको भिडियो फुटेज देखिन्छ । एसपी दाहालका अनुसार भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याबपछि मात्रै प्रष्ट हुने छ । भिडियो झुण्डिएकै दिनको हो कि अरू दिनको हो, अनुसन्धान पश्चात् थाह हुने एसपी दाहालको भनाई छ । उज्यालो अनलाईन

Facebook Comments