Thu. Apr 25th, 2024

बाबुसँगै सगरमाथा चुचुरोमा १७ वर्षे सोनाम शेर्पा

काठमाडौं, २०७८ जेठ ९ गते आईतबार । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघु ताम्राङका १७ वर्षीय सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । आइतबार बिहान ८ बजेर ५० मिनेटमा उहाँले आरोहण गरेको आरोहणका लागि पठाएको कम्पनी हिमालय गाइड्स ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका प्रबन्धक इश्वरी पौडेलले बताउनु भयो । पौडेलका अनुसार सोनाम आफ्ना पिता पूर्णकुमार (पिके) शेर्पासँगै आरोहणका लागि जानु भएको थियो । बाबु, छोरा दुवैले आरोहण गरेको पौडेलले जानकारी दिनुभयो।

सोनाम तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुग्नु भएको थियो । पिके भने अनुमतिपत्र लिएर वैशाख २४ गते जानु भएको हो । केहिदिन अघि नै आरोहण प्रयास गरेपनि मौसम खराब भएपछि उहाँहरु बेस क्याम्पमै बस्नु भएको थियो । मौसम खुलेसँगै आइतबार बिहान सफल आरोहण गरेको पौडेलले जानकारी दिनुभयो ।

पर्यटन विभागका निर्देशक मिरा आचार्यले सगरमाथा बेसक्याम्पबाट आएको जानकारी अनुसार सोनामले आरोहण गरेको बताउनु भयो । ‘सबै फाइनल हुन आरोहण गरेर फर्किएपछि पर्यटन विभागमा बुझाएको डकुमेन्टका आधारमा हुन्छ,’ आचार्यले भन्नुभयो , ‘आरोहण भन्ने सुन्नमा आएको छ ।’

सोनाम सबैभन्दा कान्छो आरोही हुनसक्ने आचार्यले बताउनु भएको छ । ‘उहाँ १६ वर्ष पुग्नु भएको हो,’ आचार्यले भन्नुभयो, ‘अरुभन्दा कम उमेरको चाँही म यसअघिका सबैको कागजात हेरेर मात्रै भन्न सक्छु ।’ सोनामले गत महिना मात्रै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट नागरिकता बनाउनु भएको थियो । कान्तिपुर अनलाईन

Facebook Comments