Tue. Apr 30th, 2024

उत्तर कोरियाका नेतासँग भेट गर्न अमेरिकी राष्ट्रपति बाइडेन तयार

काठमाडौं, २०७८ जेठ ९ गते आईतबार । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू उत्तर कोरियाका नेता किम जोंग उनसँग भेट गर्न तयार रहेको बताउनु भएको छ ।

बाइडेनले भन्नुभयो, म उत्तर कोरियाका नेतासँग भेट्न तयार छु तर सो भेट उत्तर कोरियाको परमाणु कार्यक्रममा केन्द्रित हुनुपर्छ ।

शनिवार व्हाइट हाउसमा दक्षिण कोरियाका राष्ट्रपति मून जेई इनसँग भएको द्विपक्षीय भेटवार्ता पछि राष्ट्रपति बाइडेनले भन्नुभयो अमेरिका र दक्षिण कोरिया कोरियाई प्रायद्वीप परमाणु हतियार मुक्त होस् । तर उहाँले यो पनि भन्नु भयो कि उत्तर कोरियालाई परमाणु कार्यक्रम छाड्ने गरि मनाउनु भनेको एकदमै कठिन कार्य हो । भेटवार्तामा उत्तर कोरियाको परमाणु कार्यक्रम र पूर्वी एशियामा चीनको बढिरहेको प्रभुत्व लगायतका विषयमा छलफल भएको थियो । बाइडेको विचार सार्वजनिक भएपनि उत्तर कोरियाले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । बिबिसी

Facebook Comments