Sat. May 4th, 2024

पूर्वमन्त्री तथा समाजसेवी घिमिरेको कोरोना संक्रमणबाट निधन

काठमाडौं, २०७८ जेठ ९ गते आईतबार । पूर्वमन्त्री तथा समाजसेवी राधाप्रसाद घिमिरे “राधाबाबु” को कोरोना संक्रमणबाट निधन भएको छ । घिमिरेको शनिबार राती ११ बजे विराटनगरस्थित नोबेल मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा निधन भएको हो। उहाँ ९१ वर्षका हुनुहुन्थ्यो ।

विराटनगर महानगरपालिका वडा नं.२ सररस्वती टोल निवासी स्वर्गीय घिमिरे २०३० सालको नगेन्द्रप्रसाद रिजालको मन्त्रिमण्डलमा शिक्षा तथा सञ्चार राज्यमन्त्री हुनुभएको थियो ।

“राधाबाबु” उपनामले लोकप्रीय हुनुभएका घिमिरे नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य समेत हुनुहुन्छ । उहाँ २४ वर्षको उमेरमै नेपाल कम्युनिष्ट पार्टीको पोलिटव्यूरो सदस्य हुनुभएको थियो । पछि उहाँ पञ्चायती व्यवस्थामा प्रवेश गर्नुभएको थियो ।

एलिट क्लब बिराटनगर, नेपाल रेडक्रस सोसाइटी, क्षयरोग निवारण संस्था आदि सामाजिक संस्थाहरुमा लामो समयसम्म रहेर उहाँले सामाजिक क्षेत्रमा सेवा पुर्याउनु भएको थियो ।

अत्यन्त सरल र भद्र स्वभावका घिमिरे विश्व राजनीति तथा आर्थिक क्षेत्रको जानकारी राख्ने व्यक्तित्व समेत हुनुहुन्थ्यो ।

चिरपरिचित लेखक तथा साहित्यकार रामबाबु दाहाल राधा प्रसाद घिमिरेलाई स्मरण गर्दै फेसबुक पेजमा लेख्नु हुन्छ, “राधाबाबु नेपाल कम्युनिस्ट पार्टिको संस्थापक केन्द्रिय सदस्य हुनुहुन्थ्यो । मोहन बिक्रम सिंहलाई प्रशिक्षित गरि पार्टी सदस्यता वहाँ पाल्पा क्षेत्रको कमाण्डर हुँदा प्रदान गरिएको थियो । नगेन्द्रप्रसाद रिजालको मन्त्री मण्डलमा राजा बिरेन्द्रद्वारा मनोनीत वहाँलाई डिफ्याक्टो प्रधानमंन्त्री पनि भनिन्थ्यो । ९ वटा मन्त्रालयको स्वतन्त्र जिम्मेवारी राज्यमंत्रीको हैसियतले वहाँले निर्वाह गर्नु भएको थियो ।

रामबाबु दाहालका अनुसार राधा प्रसाद घिमिरे नौ दशकको उमेर पार गरिसकेका व्यक्तित्व भए पनि उहाँमा स्फुर्त युवा जोश, जॉगर, नवनित चिन्तन र अथाह ज्ञानको सागर थियो ।

Facebook Comments