Wed. May 15th, 2024

आज ७ हजार ९ सय १४ जना संक्रमित थपिए, १ सय ९३ जनाको मृत्यु

काठमाडौं, २०७८ जेठ ९ गते आईतबार । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका १ सय ९३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोभिड १९ को ब्रिफिङ गर्दै १ सय ९३ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ जनामा कोरोना पोजेटीभ देखिएको छ। कोरोना संक्रमणबाट ७ हजार ६ सय ६४ जना मुक्त रहेका छन्। कोरोनाबाट मुक्त हुने दर ७६ दशमलव ३ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए। स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा ७५९८ जना र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा २१६ जना संक्रमित पहिचान भएका हुन्।

काठमाडौं उपत्यकाभित्र थप २ हजार ८ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ। भक्तपुरमा ३ सय ६६, ललितपुरमा ६ सय ९४ र काठमाडौंमा १ हजार ७ सय ६१ जनामा संक्रमण देखिएको हो।

Facebook Comments