Tue. May 21st, 2024

प्रतिनिधि सभा विघटन र चुनाव घोषणा गर्ने कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने- पत्रकार महासंघ

काठमाडौं, २०७८ जेठ ८ गते शनिबार । नेपाल पत्रकार महासंघले संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्ने सरकारको कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको बताएको छ ।

महासंघका महासचिव रोशन पुरीले प्रकाशित गर्नु भएको प्रेस विज्ञप्तिमा प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्ने कदमले संविधान तथा संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको उल्लेख गरिएको छ । पत्रकार महासंघले नागरिकलाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले कोरोना महामारीबाट बच्च खोप चाहिएको जनाएको छ ।

Facebook Comments