Tue. Apr 30th, 2024

चीन-पाकिस्तान कुटनीतिक सम्बन्धको ७० ‌औं वार्षिकोत्सवको अवसरमा दुवै मुलुकका राष्ट्रनायकद्वारा शुभकामना आदानप्रदान

President Xi jinping and President Dr. Arif Alvi

काठमाडौं, २०७८ जेठ ८ गते शनिबार । चीन-पाकिस्तान कुटनीतिक सम्बन्धको ७० ‌औं वार्षिकोत्सवको उपलक्ष्यमा मे २१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीले एक-अर्कालाई बधाई सन्देश पठाउनुभएको छ।

सो सन्देशमा राष्ट्राध्यक्ष सीले चीन र पाकिस्तान सर्वतोमुखी रणनीतिक साझेदार हुन् भन्दै केन्द्रीय हित र महत्वपूर्ण विषयहरुमा दुई देशले एक-अर्कालाई दृढताका साथ समर्थन दिएको बताउनुभयो। दुवै मुलुकबीच आपसी विश्वास र मित्रता विगत ७० वर्षयता बदलिँदै आएको परीक्षामा ढुंगो जस्तै दृढ रहेको भन्दै राष्ट्राध्यक्ष सीले विगत केही वर्षयता दुवै पक्षको साझा प्रयासमा चीन-पाकिस्तान आर्थिक कोरिडरको निर्माणमा टड्कारो उपलव्धि हासिल भई दुई देशका जनतालाई महत्वपूर्ण हित-कल्याण सिर्जना भएको उल्लेख गर्नुभयो।

सो अवसरमा पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीले विगत ७० वर्षयता पाकिस्तान र चीनले आपसी विश्वास, आपसी सम्मान र आपसी समर्थन गरेका भन्दै राष्ट्राध्यक्ष सी चिन फिङको नेतृत्वमा पाकिस्तान-चीन सम्बन्ध पहिलेको जुनसुकै बेलाको दाँजोमा अरु बलियो रहेको ‌औँल्याउनुभयो। चीनसँगै मिलेर नयाँ युगमा अरु घनिष्ठ हुने पाकिस्तान-चीन साझा भाग्य समुदायको निर्माण गर्न पाकिस्तान इच्छुक रहेको पनि उहाँले उल्लेख गर्नुभयो। सीआरआई

Facebook Comments