Tue. Sep 17th, 2024

प्रधानमन्त्री भन्नुहुन्छ, “सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने प्रयासमा छु”

काठमाडौं, २०७८ जेठ ७ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यको रूपमा आफूले नयाँ सरकारको लागि समर्थन जुटाउने प्रयास गरिरहेको बताउनु भएको छ । नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक दलका नेताहरुबीच सम्वाद चलिरहँदा प्रधानमन्त्री ओलीको सो विचार सार्वजनिक भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले भन्नुभयो, आफूलाई समर्थन नगरेर केपी शर्मा ओलीले देशलाई प्रतिनिधिसभा विघटन गरेर चुनावमा लग्यो भनेर भन्न पाईदैन । उहाँले सरकारलाई घेराबन्दी गरेर आरोप लगाउन नपाइने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सैद्धान्तिक रूपले १२१ सिट आफूसँग भए पनि २७ जना दलभित्रका सांसद विपक्षमा उभिएकाले जम्मा ९३ सांसदको समर्थन रहेको उल्लेख गर्नुभएको छ ।

Facebook Comments