Tue. May 21st, 2024

नयाँ सरकारको विकल्प दिने समय छोटिदै जाँदा नेताहरुको व्यस्तता बढ्यो

- प्रधानमन्त्री ओलीको पत्रकार सम्मेलन वालुवाटारमा चल्दै

काठमाडौं, २०७८ जेठ ७ गते शुक्रबार । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभाका सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएपछि नेताहरुको व्यस्ता बढिरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा यत्तिवेला विपक्षी दलका नेताहरु छलफलमा व्यस्त छन् ।

प्राप्त समाचार अनुसार देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाल लगायतका नेताहरु छलफलमा जुट्नु भएको छ ।

राष्ट्रपति भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेपछि चाल्ने कदमबारे उहाँहरुबीच छलफल भइरहेको छ ।

कांग्रेसले विहानै पदाधिकारी बैठक बसाएर सम्भावित सबै विकल्पमा दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीसँग निकट रहेको जसपाको महन्थ–राजेन्द्र पक्षले पनि आफ्ना सांसदहरुसँग छलफल गरेको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले यत्तिवेला वालुवारमा पत्रकार सम्मेलनमा विचार व्यक्त गरिरहनु भएको छ ।

Facebook Comments