Tue. May 21st, 2024

इजरायल-प्यालेस्टिनी विद्रोहीबीच लडाइँ अन्त्य, युद्धविराम सुरु

काठमाडौं, २०७८ जेठ ७ गते शुक्रबार । झन्डै अढाइ सय मानिसको ज्यान जाने गरी भएको ११ दिनको लडाइँ अन्त्य गर्दै इजरायल तथा गाजास्थित प्यालेस्टीनी विद्रोहीबीच भएको युद्धविराम लागु भएको छ। युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ।

प्यालेस्टिनी विद्रोही तथा इजरेलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका छन्। गाजामा विजयोत्सव मनाउन गोली चलाइएका आवाज आएका छन्। तर इजरायलतर्फ रकेट प्रहार रोकिएको छ।

जिप्टले इजरायल तथा गाजामा युद्धविराम पालना गराउन सुरक्षा प्रतिनिधिमण्डल पठाउँदैछ। हमासले पूर्वी जेरुसलेमबारे नखुलाइएका केही सहमति भएको बताएको छ। तर इजरायलले ती दाबी अस्वीकार गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविरामको स्वागत गर्नुभएको छ । यसले मध्येपूर्वमा प्रगतिका निम्ति अवसर दिएको उहाँले बताउनु भएको छ।

युद्धविराम लागु हुनुअगावै बोल्दै उहाँले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरेको र लडाइँ अन्त्य गराएकोमा उहाँलाई बधाइ दिएको बताउनु भएको थियो । साथै बाइडनले युद्धविरामको मध्यस्थता गराएकोमा इजिप्टका राष्ट्रपति सीसीलाई पनि धन्यवाद दिनु भएको छ । बिबिसी

Facebook Comments