Tue. Sep 17th, 2024

नेकपा (एमाले) स्थायी समिति बैठक : पार्टी निर्णयको अवज्ञा गर्दै मतदान गर्ने विरुद्ध भर्त्सना

काठमाडौं, २०७८ जेठ ६ गते बिहीबार । नेकपा (एमाले) स्थायी समितिको बैठक सम्पन्न भएको छ । बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीको निर्देशन विपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भर्त्सना गरेको छ।
बैठकले सरकारका कोभिड विरुद्धका प्रयासहरू सकारात्मक रहेको निष्कर्षका साथ कोभिड महामारीका विरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीहरूको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्नका लागि आवश्यक कानुनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवन रक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ ।
बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँको निधनबाट तराई मधेसले एक जना सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्षका साथ बैठकले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । रेडियो नेपाल 
Facebook Comments