Sun. May 19th, 2024

नेपालमा आज ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, २ सय १४ जनाको मृत्यु

Ministry-of-Health

काठमाडौं, २०७८ बैशाक ३० गते बिहीबार । नेपालमा आज ८ हजार ९ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार २ सय ४५ नमुनाको परीक्षण गर्दा ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा २ हजार ७ सय ३३ जना, ललितपुरमा ४ सय ८१ जना र भक्तपुरमा ३ सय ४८ जना सहित काठमाडौं उपत्यकामा ३ हजार ५ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

तथ्याङ्क अनुसार आज काठमाडौं र रुपन्देहीमा ५ सय भन्दा बढी सङ्ख्यामा संक्रमण पुष्टि भएको, १० जिल्लामा २ सय भन्दा बढी र ६ जिल्लामा सय भन्दा बढी सङ्ख्यामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ३१ हजार १ सय ९१ जना पुगेको छ । आज थप २ सय १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४ हजार ४ सय ६६ पुगेको छ ।

हाल देशभर १ लाख ५ हजार २ सय ७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार ३ सय ८१ जना आइसियुमा र ३ सय ८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालये जनाएको छ ।

आज ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ७४ दशमलव ६ प्रतिशत रहेको छ । रेडियो नेपाल

Facebook Comments